पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने



न्युज अफ नेपाल, पर्वत ।

समुदायस्तरमा कोरोना संक्रमणको सामान्य प्रभाब मात्रै परेको पर्वतमा थप संक्रमण फैलन नदिन बिदेश र संक्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्य रुपमा दुई हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरिएको छ ।

कुस्मा नगरपालिकाका जनप्रतिनिधी सहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले संक्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत तथा तेस्रो देश तथा संक्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठुलो संख्यामा जिल्लामा भित्रिएपछि उनीहरुबाट समुदायमा संक्रमण पुग्न नदिन स्थानिय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । कुस्माको बजार क्षेत्रमा एक साताको बिचमा ठुलो संख्यामा मानिस भित्रिएपनि उनीहरु होम क्वारेन्टाईनमा नबस्ने र पेशा ब्यबसाय समेत शुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४,५, ६ र ७ नम्बर वडाका अध्यक्ष सहितका जनप्रतिनिधी संग छ

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत तथा तेस्रो देश तथा संक्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठुलो संख्यामा जिल्लामा भित्रिएपछि उनीहरुबाट समुदायमा संक्रमण पुग्न नदिन स्थानिय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । कुस्माको बजार क्षेत्रमा एक साताको बिचमा ठुलो संख्यामा मानिस भित्रिएपनि उनीहरु होम क्वारेन्टाईनमा नबस्ने र पेशा ब्यबसाय समेत शुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४,५, ६ र ७ नम्बर वडाका अध्यक्ष सहितका जनप्रतिनिधी संग छलफल गरेको थियो ।

वडाका जनप्रतिनिधीले टोल समिति र लायन्स, रोटरी, जेसिज, आमा समुह तथा युवाक्लबहरुको सहयोग लिएर असोज १ गते पछि बिदेश र अन्य जिल्लाबाट आएकाहरुको बिबरण संकलन गर्ने र उनीहरुलाई अनिवार्य रुपमा परिवार संग समेत सम्पर्क नगरि होमक्वारेन्टाईनमा बस्न लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । कुस्मा नगरपालिकाका बजार क्षेत्र बाहेकका पनि सबै वडा र जिल्लाका ७ वटै पालिकामा बाहिरबाट आउनेलाई अनिवार्य रुपमा होम क्वारेन्टाईनमा राख्न र अनुगमन गरिराख्न अनुरोध गर्ने गरिने प्रजिअ रेग्मीले बताउनुभयो ।

पर्वत जिल्लामा अहिले सम्म जम्मा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अधिकाँश क्वारेन्टाइृनमा बसेका ब्यक्ति छन । थोरै संख्यामा स्वास्थ्यकर्मी, स्थानियबासीमा संक्रमण देखिएपनि कन्ट्रयाक्ट टे«सिङका क्रममा थप संक्रमण फैलिएको भेटिएको थिएन ।

पर्वत जिल्लामा कोरोना बिरुद्धको अभियानमा लागु भएको ‘पुलिङ क्वारेन्टाईन’ को अवधारणा कोरोना समुदायमा फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी सावित भएको थियो । सबै पालिकाहरुमा समुदायस्तरमा गरिएका नमुना परिक्षणमा एक दुई वटा घटना बाहेक समुदायका ब्यक्तिहरुमा संक्रमण देखिएको थिएन । भारत वा तेस्रो मुलुकबाट आउनेहरुलाई नाकाबाटै सोझै कुस्माबजारमा रहेका पुलिङ क्वारेन्टाईनमा राखिन्थ्यो ।

एक हप्तापछि पिसिआर परिक्षण गरेपछि रिर्पोट नेगेटिभ आएपछि पनि सम्बन्धित पालिकाका क्वारेन्टाईनमा दुई हप्ता राखेर घर पठाइन्थ्यो । पोजेटिभ रिर्पोट आउनेहरु आइसोलेसनमा बस्थे भने नेगेटिभ आउने पनि पालिका र वडाका क्वारेन्टाईनमा बसेर गएपछि समुदायमा कोरोना पुग्न पाएको थिएन । अब भने होम क्वारेन्टाइनमा बसेकाहरुमा कोरोनाको लक्षण देखिएमा मात्रै पिसिआर परिक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्