छायांकार शाहको गुमनाम निधन



न्यूज अफ नेपाल, काठमाडौं ।

छायांकार जावेद शाहले जीवनको अधिकांश समय नेपाली चलचित्र क्षेत्रको श्रीबृद्धीमा विताए। छायांकन विधामार्फत उनले नेपाली चलचित्र क्षेत्रको सेवा गरे। तर उनै शाहको निधन गुमना बन्न पुगेको छ।

कुनै जमानामा चलचित्र निर्माण गर्ने निक्र्यौल भएपछि खोजिने गरेका छायांकार शाहको बुधबार भएको निधनको खबर शनिवारमात्र बाहिरिएको हो।

उनको आकस्मिक हृदयघातका कारण ठमेलस्थित निवासमै निधन भएको उनको निवास पुगेर फर्केका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए। शाह केही वर्षयता चलचित्र क्षेत्रबाट सम्पर्कबिहीन भई पारिवारीक जीवन बिताउँदै आईरहेका थिए। ७० वर्षिय शाहको श्रीमती र २ छोरा छन्। उनको मुश्लिम परम्पराअनुसार अन्तिम संस्कार भईसकेको छ।

शाहले ज्वाला, प्रतिज्ञा, सीमाना, अवतार, प्रतीक्षालगायतका दर्जनौं चलचित्रको छायांकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्