विरामी ल्याएको ट्याक्सी दुर्घटना, एकको मृत्यु, चार घाइते



धादिङ ।

अस्पतालमा सुत्केरी भएपछि अस्पतालबाट घर फर्किरहेकाहरु चढेको सवारी साधन पहिरोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका वडा नं ६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा १ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका वडा नं ४ का ५० वर्षीय विष्णुमाया तामाङ रहेका छन् ।

सुत्केरी बिरामी लिएर काठमाण्डौँबाट धादिङबेशी तर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेसी सडक खण्डको पहिरोबा खोलामा खसेको थियो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं ४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं १३ का ६० वर्षीय विर बहादुर तामाङ रहेका छन् । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्