हार्ली–डेभिडसनले भारतमा कारोवार रोक्ने



 न्युयोर्क,(एजेन्सी)।
विश्वमै सबैभन्दा ठूलो मोटरसाइकल बजार ओगट्न सफल हार्ली – डेभिडसनले भारतबाट आफ्नो कारोवार हटाउने भएको छ । अमेरिकाको यस चर्चित कम्पनीले भारतमा आफ्नो उत्पादन र बिक्रि वितरण दुवै रोकिने जनाएको छ ।
टोयोटा कम्पनीले भारतको उच्च कर नीतिको कारण बजारमा आफ्नो थप बजार विस्तार नगर्ने निर्णय गरेको केहि सातापछि नै हार्लीले यो निर्णय लिएको हो ।
यो कदम विदेशी उत्पादन कम्पनीहरुलाई आकर्षित गर्ने वा भारतमा निरन्तरता दिने भारतिय प्रधानमन्त्री नरेन्द« मोदीको अर्थ नीतिमा ठूलो प्रहार सावित भएको छ । यस कदममा ७ करोड ५० लाख अमेरिकी डलर वरावरको पुनर्ढाँचा खर्च र ७० जनाको रोजगार जोडिएको छ ।
हार्लीको यस निर्णय संगसंगै उत्तरी भारत स्थित यसको बावल प्लान्ट बन्द हुने भएको छ । यो प्लान्ट सन् २०११ मै खोलिएको हो ।
तर हार्ली – डेभिडसनले भारतकै स्थानिय ब्रान्ड हिरो र जापानको होन्डासंग कडा प्रतिस्पर्धा गर्दै आएको थियो । भारतमा प्रत्येक वर्ष करिव १ करोड ७० लाख वटा मोटर साइकल र स्कुटर बिक्रि हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्