आजकाे मौसमः देशभर सामान्य देखि अधिकांश बदली



काठमाडौं । पछिल्लो केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि कायमै रहने भएको छ ।

देशभर शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्