स्तनको आकार ठूलो हुने महिलाको अनुुभव



लन्डन, (एजेन्सी)

अधिकांश महिलाहरू आफ्नो शारीरिक सौन्दर्य र स्तनको आकारलाई लिएर निकै चिन्तित हुने गरेको पाइएको छ। अझै महँगो सिलिकन प्याड प्रत्यारोपण गरेर स्तनको कृत्रिमरूपमा भए पनि आकार बढाउन होडबाजी गर्नेको पनि कमी छैन यो जगत्मा। तर, कोहीलाई भने स्तनको ठूलो आकार समस्या र अभिशाप सावित पनि भइरहेको सम्बन्धमा बेलायतका केही महिलाले आफ्नो भनाइ अघि सारेका छन्।

लेइया पार्कर भन्छिन्– ‘मेरा ठूला आकारका स्तनले अस्तित्वको परिचय नै भइसकको छ। यसमार्फत मोडलिङ गरेर म कमाउने पनि गर्दछु। पक्कै पनि मलाई ३२ एनएन कप मनपर्छ। तर, आकारकै कारण मलाई कार चलाउन र गर्भवतीका लागि बनाइएको सोफामा सुत्न बाध्य भएकी छु।’

साथै, ठूला आकारका स्तनलाई लिएर पुरुषबाट निकै नकारात्मक टिप्पणी पनि हुने गरेका छन्। केहीले त यसैका कारण महिलालाई लाज लाग्नुपर्ने पनि बताएका छन्। तर, केही महिलाले भने यसबाट आफूलाई अन्य खासै कुनै पनि समस्या नभएको बताउँछन्।

लन्डनदेखि दक्षिण पश्चिममा पर्ने टिवकनह्याम निवासी लेइयाले औसत आकारभन्दा आफ्नो स्तन पाँच गुणा ठूलो भए पनि आफूलाई कुनै दुःख नलागेको बरु यसबाट मासिक १० हजार पाउन्ड आर्जन भइरहेको बताउँछिन्। उनी आफू बेलायतकै सबैभन्दा ठूलो आकारका स्तन भएकोमा गौरव लागेको बताउँछिन्। ५ फिट ३ इन्च उचाइकी लेइयाले स्तनको सौन्दर्य बढाउन धेरैपटक सर्जरी गराउन थुप्रै पैसा पनि लगानी गरिन्। लेइया ठूलो आकारका स्तन भएकी महिलाको एक प्रतिनिधि पात्रका रूपमा सार्वजनिक भएकी छन्।

प्रतिक्रिया दिनुहोस्