हाइड्रोपावरप्रति लगानीकर्ता आकर्षित



 

काठमाडौं, (नेस)

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकभन्दा धेरैको वृद्धिसँगै बन्द भएको छ । यस दिन नेप्से ५ दशमलव ७४ अंकले बढेर १५६१ दशमलव २७ बिन्दुमा पुगेको छ ।
कुल १९३ कम्पनीका ८९ लाख ७१ ह्जार कित्ता शेयर २ अर्ब २३ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन लगानीकर्ताहरूको आकर्षण जलविद्युत् कम्पनीहरूप्रति देखिएको छ । जसका कारण करिब एक दर्जन जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा, सिनर्जी पावर, दिव्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबारका आधारमा यस दिन काबेली हाइड्रोपावर अगाडि छ । यस कम्पनीको मात्रै करिब १५ करोडको शेयर किनबेच भएको छ । बिहीबार कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्