८४ वर्षे उमेरमा जगत्मर्दनको उस्तै जवान गायन



प्रतिभालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका लोकप्रिय गायक जगत्मर्दन थापा उमेरले ८४ वर्ष पुगे, तर उनको गायन सक्रियता भने उस्तै जवान छ। गायक थापाले ८४ वर्षको वृद्ध उमेरमा पनि आफूलाई सांगीतिक जगत्मा सक्रिय राख्ने क्रममा हालै आप्mनो नयाँ एल्बमका लागि गीत रेकर्डिङ गराएका छन्।

यो उमेरमा पनि आफ्नो सुमधर स्वर दिएर विभिन्न गीतकार तथा संगीतकारका शब्द र सांगीतिक सिर्जनालाई अमूल्य तुल्यादिएका गायक थापाले आफ्नो छैठौं एल्बमको चौथो गीतस्वरूप कुनै भेदभाव छैन प्रकृतिको सुन्दर वरदान बोलको गीत रेकर्ड गराएका हुन्। गीतमा शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ।

२०१८ सालबाट औपचारिकरूपमा गीत रेकर्ड गराउन शुरू गरेका थापाको प्रतिभा गायकका रूपमा मात्र सीमित छैन। २०११ सालदेखि कविता लेखनमा कलमसमेत चलाउँदै आएका उनी गीतकार, गायक, संगीतकार, कथाकार र लेखकका रूपमा पनि
उत्तिकै लोकप्रिय छन्।

थापा सांगीतिक क्षेत्रमा सिद्धान्तमात्र नभई व्यावहारिक पक्षलाई पनि आत्मसात गर्नुपर्ने मान्यता राख्छन्। ‘कोर्ष मात्रै पढेर हुँदैन त्योभन्दा बाहिरको संगीतलाई पनि आत्मसात गर्नुपर्छ। संगीत भनेको तपश्या हो, सरस्वती माताको वरदान हो। गायकले गलालाई सुरमा ल्याउनका लागि नियमित रियाजसमेत गर्नु जरुरी छ।’ –थापाको भनाइ छ। उनको अनुभवमा संगीतकर्मीले शास्त्रीय संगीत सिक्नु जरुरी छ। ‘शास्त्रभित्र रहेर गरिएको अध्ययन नै शास्त्रीय हो। शास्त्र नसिकीकन भाषा मात्र पढेर हुँदैन।

व्याकरण मिलाएर भाषा पढ्नका लागि शास्त्रीय संगीत आवश्यकता पर्छ। गाउनु मात्रै ठूलो कुरा नभएर शास्त्रीय ज्ञानसहित गाउँदा अन्तर्राष्ट्रियस्तरमा हाम्रो संगीत प्रतिस्पर्धा गर्न सक्ने बन्छ। सोखले गाउनु र नियममा रहेर गाउनु फरक हो। त्यसैले शास्त्रीय संगीतको ज्ञान अनिवार्य छ।’

सप्तरीको ब्रह्मजियामा जन्मिएका थापाले २०११ सालमा एसएलसी पास गरेपछि महाराजगन्जको विश्वबन्धु पुस्तकालयमा जनरल सेक्रेटरीको काम पाए। त्यस समयमा महिनाको तीन शुक्रबार कविता सम्मेलन र एउटा शुक्रबार गाउने बजाउने सम्मेलन हुन्थ्यो। त्यहीं उनलाई संगीतको संगतले सुर तालमा गाउनुपर्छ भन्ने सिकायो र पछि रत्नदास माड्साबसँग सिक्न थाले। २०१३ सालमा रेडियो नेपालमा क्षेत्रीय कार्यक्रममा गीतपछि उनमा संगीतको नशा झन् लाग्यो र स्टेजमा पनि गाउने आँट आयो। त्यो आँटले उनलाई आजसम्म पनि सांगीतिक यात्रामा डोहोे¥याइरहेको छ। त्यसैको नतिजा हो, थापा हप्तैपिच्छेजसो गीत रेकर्डिङ गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्