पहिरोमा परि स्याङ्जामा दशजनाको मृत्यु



भूपराज बस्याल,स्याङ्जा ।

अविरल बर्ष संगै आएको पहिरोमा परि स्याङ्जाका छुट्टाछुट्टै स्थानमा बिहिवार दश जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका ४ गौतमडाडामा बुधबार राती करिब २ : ३० बजेको समयमा पहिरो जादा बाबुराम दमाई र जगत बहादुर दमाईको घर पहिरोले पुरिदा बाबुराम दमाईको छोरा बर्ष १६ को बिष्णु दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको वालिङ् नगरपालिकाको १४ तमादीमा एक घर र गोठ पहिरोले पुर्दा एकै घरका नौ जनाको मृत्यु भएको छ ।
बिहिवार बिहान करिब ६ बजेको समयमा आएको पहिले पुरी सोही ठाउँमा वर्ष २८ कि उमाकला नेपाली,बर्ष ४८ की माया नेपाली, वर्ष ३० का दिपक नेपाली,६० की सानी नेपाली, बर्ष ९ का बिबश नेपाली,१४ बर्षका बिक्रम नेपाली, १९ बर्षकि बिनिता नेपाली, २१ बर्षका कुलदेब नेपाली र अन्दाजी ७ महिनाको बच्चाको को मृत्यु भएको छ भने सोही पहिरोमा पुरी घाइते वर्ष १६ कि मनिषा नेपालीको उपचारको लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्