नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ



gful/s ;Tofu|xnfO{ kmf]6f]kqsf/ ;d”xsf] ;fy sf7df8f}+, c;f]h * /f;; gful/s b}lgsdf sfo{/t >dlhjL kqsf/sf] k]zfut xslxtsf nflu …gful/sÚ b}lgsdf sfo{/t ;’ljb u’/fufO{Fsf] cu’jfOdf rf/ lbgb]lv a;]sf] ;Tofu|xdf Sofd/f 8fpg u/]/ ;fy lbFb} /fli6«o kmf]6f]kqsf/ ;d”xsf kmf]6f]kqsf/ . tl:a/ MrGb|snf If]qL÷/f;;

काठमाडौ । नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सोही दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा भएको सत्याग्रहमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) ले ऐक्यबद्धता प्रकट गरेको छ ।

विगत चार दिनदेखि आफ्नो श्रमको सम्मान र मासिक तलबका लागि निरन्तररुपमा झरीको पर्वाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेका गुरागाइँ र उक्त दैनिकका श्रमजीवी पत्रकारहरूलाई हौसला र सङ्घर्षका लागि साथ दिन एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटिका सम्पूर्ण सदस्यहरूको ऐक्यबद्धतामा उपस्थिति रहेको थियो । सो अवसरमा सम्पूर्ण फोटोपत्रकारको क्यामेरा डाउन गरिएको थियो ।

समूहका महासचिव वन्तले पत्रकार मात्र नभई कोभिडको क्रममा सधैँ अग्रपङ्क्तिमा रहेर आफ्नो ज्यानको बाजी लगाएर फोटोपत्रकारिता गर्ने कतिपय फोटोपत्रकार पनि ठूला भनाउँदा मिडियाबाट प्रताडित भएको बताउनुभयो ।

उहाँले मासिक तलब नपाउने, काम गरेर पनि आधा तलब थाप्न बाध्य पार्ने र फोटोपत्रकार क्लबका अध्यक्ष नै यसको चपेटामा परेकाले निरन्तर आन्तरिक सङ्र्घषमा दिनहरु बिताउनु पर्ने भएकाले नै यस सङ्घर्षको कार्यक्रममा फोटोपत्रकारको पनि आवाज अगाडि आवोस् भनेरसाथ दिन आएको बताउनुभयो ।

आगामी दिनमा पत्रकार तथा फोटोपत्रकारको श्रमको मूल्य र हकहितको लागि दवाब दिन जुनसुुकै सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसचिव धर्मेन्द्र कर्णको नेतृत्वमा २५ सदस्यीय ‘सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त सङ्घर्ष समिति’ गठन गरिएको छ । अन्नपूर्ण दैनिकबाट पीडित विकास कार्की सहसंयोजक रहेको सो सङ्घर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका सञ्चारगृहबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्