सुपरकप उपाधि भिडन्त आज



एजेन्सी ।

बिहिबार राति यस सिजनको युइएफए सुपरकप फुटबलको उपाधि भिडन्त हुँदैछ । सुपरकप अन्तर्गत वर्ष २०२० को संस्करणका लागि आज वर्तमान युइएफए च्याम्पियन्स लिग विजेता जर्मन क्लब बार्यन म्युनिख र युरोपा लिग विजेता स्पेनिस क्लब सेभिया आमनेसामने हुँदैछन् ।

सुपरकप एकै सिजनका च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताले खेल्ने गर्छन् । वर्ष २०२० को सिजन बार्यनले च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पिएसजीलाई १–० ले हराएर छैटौंपटक उपाधि जितेको थियो । त्यसैगरी, सेभियाले पनि युरोपा लिगको फाइनलमा इटालियन इन्टर मिलानलाई ३–२ ले हराए उपाधि जितेको थियो ।

आज हुने सुपरकप उपाधिको लागि बार्यन र सेभियाले कडा चुनौती प्रस्तुत गर्नेछन् । तुलनात्मक रूपमा सुपरकपमा च्याम्पियन्स लिगको विजेताको वजन भारी हुने इतिहासलाई यसपटक पनि दोहोर्‍याउने दाउमा छन् बायर्न । प्रदर्शनको आधारमा यसपटक बार्यन मजबुत अवस्थामा रहे पनि सेभियालाई पनि कमजोर आंक्न मिल्दैन । सेभियाले बार्यनलाई सजिलै जित्न भने दिनेछैन । जुलेन लोपेटेगुईको नेतृत्वमा सेभिया उत्कृष्ट लयमा रहेको छ ।

तथ्यांकलाई हेर्ने हो भने बायर्नको तुलनामा सेभियाले अधिक सुपरकपको फाइनल खेलेको छ । सेभियाले पाँच पटक फाइनल खेल्दा एक पटक मात्र उपाधि उचालेको छ । सेभिया सन २००६ मा सुपरकप उपाधि जितेको थियो भने २००७, २०१४, २०१५ र २०१६ मा उपविजेतामा सिमित बनेको थियो । यता, बायर्नले भने चार पटक फाइनल खेलेको छ । जसमा सन २०१३ बायर्नले एक पटक मात्र उपाधि उचालेको छ ।

त्यसैगरी सन २०७५, २०७६ र २००१ गरी तीन पटक उपविजेतामा चित्त बुझाएका छन् । आज हुने खेल हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिना रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्