पन्छाउँदा पन्छाउदै पहिरो, २० भन्दा बढि ठाउँमा क्षति



न्युज अफ नेपाल, धादिङ ।

लगातारको वर्षाले पृथ्वीराजमार्ग क्षेत्रमा पहिरो झरिरहेको छ । सडक विभाग पहिरो झरेको ठाउँमा पहिरो पन्छाइरहेपनि परिहो रोकिएको छैन ।

पृथ्वीराजमार्गको धादिङ खण्डमा २० भन्दा बढी पहिरो झरेको छ । सडक माथीबाट आएको पहिरो र लेदोले राजमार्ग क्षत विक्षत भएको छ भने जोगिमारा, मौवा खोला जवाङखोला, तिकराङ, गजुरीको घाटबेसी लगायतका स्थानहरुका २० भन्दा बढी स्थानहरुमा पहिरो गएको सडक साइड कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।

गजुरीको पहिरो हटाईसक्दा पुन पहिरो झरिरहेको छ । दुइदिनको अवधिमा ५ पटक पहिरो पन्छाईएको छ । पहिरो आएको ठाउँमा सडकमा ढुंगा र लेदो जमेको छ भने केही स्थानमा सडक मुनी पहिरो लडेको छ । जसले गर्दा यात्रा गर्दा समेत जोखिम उठाउनु पर्ने अवस्था आएको छ ।

राजमार्गमा थुप्रिएको पहिरो हटाउन सडक विभागको डोजर प्रयोग भइरहेको प्रहरीले जनाएको छ । राजमागृको मापदण्ड मिचेर खनिएका शाखा सडकबाट पहिरो र लेदो आएर राजमार्ग अवरुद्ध हुने गरेका कारण यसलाई नियन्त्रण गर्नका लागि सडक साइड कार्यालय गजुरीले राजमागृका पालिकाहरुलाई शाखा सडक खोल्दा अनिबार्य रुपमा सडकको स्वीकृति लिन अनुरोध गरेको छ ।

धादिङ खण्डमा ७४ ओटा शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ । जताततै पहिरो आएका कारण सडकमा एकातफी सातायात संचालन भएको छ । सडकको विभिन्न स्थानहरुमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्