प्रहरी अस्पतालका ४२ जना डाक्टरले बुझाए सामूहिक राजीनामा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले ‘सामूहिक’ राजीनामा दिएका छन् ।

अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको बताउदै उनीहरुले सामूहिक राजीनामा पत्र लेखेका हुन्। राजीनामा पत्रमा उनीहरुले अध्ययन अवधिमा हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग गरेका छन् । विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।

संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्