स्याङ्जा पहिरो अपडेट : ९ जनाको शव भेटियो, एकको जीवितै उद्दार



न्युज अफ नेपाल, स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिका १४ मा पहिरोले पुर्दा मृत्यु हुँदा मृत्य् हुनेकोे संख्या ९ पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयवासी को संय्क्त टालीले पुरिएर मृत्यु भएका ९ जनाको शव फेला पारेको हो ।

४८ वर्षीया माया नेपाली, ६० वर्षीया सानी नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली, ९ वर्षीय दिवस नेपाली र अन्दाजी सात महिने शिशुको शव फेला परेको स्याङ्जा प्रहरीले जनाएको छ ।

पहिरोले पुरिँदा बेपत्ता भएकी १६ वर्षीया मनिषा नेपालीको भने जीवितै उद्दार गरिएको छ । उद्दार गरिएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्