सल्यानमा स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण



सरुनानु चलाउने, सल्यान ।

सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णालीप्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको शारदा नगरपालिकाका ४९ जनाको स्वाव परीक्षण गर्दा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको शारदा नगरपालिकाले जनाएको छ ।

शारदा नगरपालिका ७ कजेरी स्वास्थ्यचौकीमा कार्यरत २३ बर्षिया स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिकाका कोभिड फोकल प्रसन रविन बिष्टले जानकारी दिए । यस्तै शारदा नगरपालिका २ खलंगा, डाँडागाउँका २ जनापुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।

जसमा ४९ र ३० बर्षिय पुरुष रहेका छन भने ४७ बर्षिया महिला रहेका छन । होम क्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित सबैलाई लुहापिङ आइसोलेसनमा राख्ने तयारी भैरहेको स्वास्थ्य सेवा  कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले बताउनु भयो ।

यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ । संक्रमितको सम्पर्कमा  आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको र अबको पाँचदिन स्वाव संकलन गरेर पिसिआर गरिने शारदा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्