बिहेको दुई साता नपुग्दै कुटपिटको उजुरी



बलिउडकी भाइरल अभिनेत्री तथा मोडल पुनम पाण्डेले प्रेमी साम बम्बेका साथ गुपचुपरूपमा विवाह गरेको केही समय मात्र भएको छ।

बिहे गरेको केही सयमभित्रै उनी तथा उनको पतिबीच विवादको खबर बाहिरिएको छ। विवाह गरेको लगभग दुई हप्ता नबित्दै पुनमले पतिविरुद्ध कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको जीन्युजको अनलाइन संकरणले जनाएको छ।

समाचारमा दक्षिण गोवाको कैनाकोना गाउँमा सुटिङको क्रममा आफूमाथि पतिले कुटपिट गरेको र अझै गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको भन्दै उजुरी गरेपछि मंगलबार प्रहरीले उनको पतिलाई गिरफ्तार गरे पनि पुनमको आरोपको वास्तविकता भने पत्ता लागेको छैन। पुनम विवादमा आएको यो पहिलोपटक भने होइन। यसभन्दा अघि पनि थुप्रै घटना छन्, जसले पुनमलाई विवाद र आलोचनामा तानेका छन्।

प्रतिक्रिया दिनुहोस्