त्रिविका रोकिएका परीक्षा सञ्चालनको तयारी



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

कठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाईन परीक्षा सञ्चालन गर्न थालेपछि दबाबमा परेको त्रिविले रोकिएको परीक्षा छठ लगत्तै गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षार्थीलाई घर पायक परीक्षा दिनमिल्नेगरी तयारी थाल्न प्रदेश परीक्षा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।

उहाका अनुसार अनलाईन वा अन्य वैपल्पिक व्यवस्था सहित परीक्षा लिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । पनिकाले परीक्षाको कार्यतालिका दशैअघिनै थाल्नेगरी तयारी समेत गरेको छ । करिब ३ लाख विद्यार्थी रहेको त्रिविमा चैतदेखि परीक्षा हुन सकेको छैन । सेमेष्टर प्रणाली अनुसार वैकल्पिक विधिबाट पढाएतापनि परीक्षा सञ्चालन गर्न नसक्दा हजारौ विद्यार्थी समस्यामा परेका छन् ।

त्रिविले सेमेष्टर प्रणाली र कम विद्यार्थी भएका विषयका लागि टठ अघिनै परीक्षा गर्ने तयारी गरेको छ । सबै डीन कार्यालयलाई परीक्षा सञ्चालन गर्न कार्यायोजना तयार गर्न समेत आग्रह गरिएको नियन्त्रक जोशीले बताउनुभयो ।

त्रिविले स्वाथ्य मापदण्ड पालना गरी, भौतिक दुरी कायम गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा मातहतका निकायलाई पत्राचार गरिसकेको छ । तर कोभिड–१९ को संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

त्रिविका रजिष्टार पेशल दाहालले परीक्षा सञ्चालन गर्न डीन कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाले भन्नुभयो– निर्देशन अनुसार छठ लगत्तै परीक्षा लिने तयारी भैरहेको छ, परिस्थिति अनुसार निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्