५ महिनामा ३३९ फरार अपराधी पक्राउ, करिव २० लाख जरिवाना असुली हुने



यमलाल भुसाल, बुटवल ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयबाट गत बैशाख देखि संचालन गरेको फरार अपराधी पहिचान र पक्राउ अभियानमा ५ महिनाको अवधीमा३३९जनालाई पक्राउ गरिएको छ ।

विगतमा विभिन्न अपराधिक घटनाहरु घटाई लामो समयदेखि लुकिछिपी फरार रहेका र अदालतबाट कसूर ठहर भई कैद र जरिवाना समेत तोकिएका अपराधीहरुलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाहरुबाट विशेष टोली खटाई फरार अपराधी पक्राउ गरेको जनाएकोे छ । यसरी पक्राउ पर्नेमा सबैभन्दा बढी बाँके जिल्लाका २७६ र सबैभन्दा कम रुपन्देही जिल्लाका १ जना रहेका छन ।

त्यस्तै पाल्पा जिल्लाका १५अर्घाखाँचीका ८ गुल्मीका ४ नवलपरासीका ३ कपिलवस्तकाु ३ रोल्पाका ३ बर्दियाका २ प्यूठानका २ र रुकुमका २ जना रहेका छन ।

प्रहरीले पक्राउ गरेका मध्ये अपुताली अभियोगका १,अंश मुद्दाका ४,कर्तब्य ज्यानका ७ ,कुटपिटका ३९,बनका ७,सार्वजनिक अपराधका४,सवारी ज्यानका १६, सम्बन्ध विच्छेदका २१,वहु विवाहका१२,लेनदेनका११,लागु औषधका १९,मानवबेचविखन तथा ओसार पसारका ३, विष्फोटक पदार्थका३,ज्यानमार्ने उद्योगका ६,जालसाजीका ३४ नागरिकता किर्तेका ७,जारीखतका १,जर्वरजस्ती करणीका ११, चेक अनादर ४ ,चोरीका ३९,घरेलु हिंसाका १ गाली बेईजितीका ११,करकापका ४,कुटपिट अंङगभङगका ११, कुटपिट लुटपिटका ८,केही सार्वजनिक अपराधका ६,गौवधका १,जग्गा किचलोका १,जारीका १, जुवाका २६,डाँका चोरीका २,नाता कायमका १,लिखत बदरका ६, विवाहवारीका १, बैङकिङ कसुरका २,सवारी अङगभङगका १,मोटरसाकिल चोरीका १,जर्वरजस्ती करणी उद्योगका २, अपरण तथा जर्वरजस्ती करणी १,जबरजस्ती चोरी १,बन्यजन्तु ओखेटो पहारका १ र आगो लगाएको १ गरि ३३९ वटा अपराधीक घटनाका फरारलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्ता अपराधिक कार्यहरुमा संलग्नहरुको वास्तविक नाम फरक, नागरिकताको नाम फरक परेको, बसाई सराई गरी विकट र शहरी क्षेत्रमा बसोवास गरेको, रोजगारीको सिलसिलामा अन्य जिल्ला तथा विदेश गएको, लामो समय भएकोले कालगतिले वा अन्य कारणबाट मृत्यू भईसकेका र हालको विश्वव्यापी महारामी कोभिड १९ को विषम परिस्थितिको कारण खोजी कार्यमा कठिनाई आई परेता पनि प्रहरीको प्रभावकारी परिचालनबाट गत बैशाखदेखि असौज ६ गतेसम्ममा ३३९ जना फरार अपराधी पहिचान गरी र पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयल दाङका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले बताउनु भयो ।

फरार अपराधी ३३९ जनाको मिलाएर २५१ बर्ष २ महिना २४ दिन कैद तथा १९ लाख ८१ हजार ३ सय ४४ रुपैयाँ जरिवाना स्वरुप असुली हुने भएको छ । फरार अपराधी पहिचान र पक्राउ अभियानलाई निरन्त्रता दिने समेत प्रवक्ता वैदवारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्