म्यानचेस्टर सिटीको विजयी शुरुआत



लन्डन, (एजेन्सी)
नयाँ सिजन २०२०÷२१ अन्तर्गत इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी शुरुआत गरेको छ।
सोमबार राति सिटीले खेल सिजनको पहिलो खेलमा उल्भसलाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले हराएको हो। यससँगै सिटीले उल्भससँग गत सिजन प्रिमियर लिगको दुवै लिगमा भोगेको नमीठो हारको बदला पनि लिएको छ। गत सिजनमा उल्भसले सिटीलाई उसैको घरेलु मैदानमा भएको पहिलो लिगमा २–० ले तथा दोस्रो लिग पनि ३–२ ले हराएको थियो।
सिटीलाई जित दिलाउन केभिन डिब्रुएन, फिल फोडेन र गेब्रियल जिससले गोल गरे। त्यस्तै, उल्भसका लागि राउल जिमिनेजले एक गोल फर्काएका थिए भने खेलको २०औं मिनेटमा डिब्रुएनले गोल गर्दै सिटीलाई पहिलो अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटपछि फोडिनले गोल गर्दे सिटीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले पछि परेको उल्भसका लागि खेलको ७८औं मिनेटमा जिमिनेजले कास्टेलो पोडेन्सको पासमा गोल गर्दे खेललाई २–१ को अवस्थामा पु¥याए। त्यसपछि निर्धारित समयपछिको इन्जुरी समयको पाँचौं मिनेटमा जिजसले गोल गर्दे खेलमा सिटीलाई ३–१ को जित दिलाए। जितसँगै सिटीले महŒवपूर्ण तीन अंक खातामा जोडेको छ भने पहिलो खेलमा जित निकालेको उल्भसका लागि दोस्रो खेल निराशाजनक रह्यो।
त्यसैगरी, सोमबार राति नै भएको अर्काे खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ। एस्टनको जितमा एजरी कोन्साले गरेको एक मात्र गोल निर्णायक बन्यो।

प्रतिक्रिया दिनुहोस्