ससुरालाई खुर्पा हान्ने ज्वाई हिरासतमा



न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती १५ शेरगञ्जमा आफ्नै ससुरालाई खुर्पा प्रहार गरी हत्या गर्ने ज्वाईलाई प्रहरीले हिरासतमा लिएको छ ।

जिल्ला महोत्तरी घर भई ससुराली बस्दै आएका ३१ वर्षीय सुवाश जर्गा मगरले आफ्नै ससुरा ६६ वर्षीय विष्णु राई माथि धारीलो खूर्पा प्रहार गरेका थिए ।

असोज ४ गते ज्वाईको खूर्पा प्रहारबाट गंभीर घाईते भएका राईको जिल्ला अस्पताल डण्डामा उपचारार्थ ल्याईएकोमा राती ९ बजे चिकित्सलकले राईको मृत्यु भएको घोषणा गरेका थिए ।

ससुरालाई खूर्पा हान्ने क्रममा जर्गा मगरको पनि निधारमा चोटलागि घाईते भएको प्रहरीले जनाएको छ । घाइते जर्गा मगरलाई प्रहरीले सामान्य उपचार पछि नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्वन्धी कसुरमा कार्यबाही अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्