हस्कभर्ना मोटरसाइकल बजारमा



काठमाडौं, (नेस)
हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले बहुप्रतिक्षित हस्क्भर्ना ट्वीनस् लन्च गरेको छ । स्भार्टपिलेन २५० र भिटपिलेन २५० स्वीडेन मूलको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटीएम गु्रपको एक अंश हो । यसलाई हंसराज हुलास चन्द एन्ड कम्पनीले नेपालमा ल्याएको हो ।
हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्टभएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा भिन्न छ । स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ छ । अन र अफ(रोड दुवै यात्राको लागि उपयुक्त छ । भिटपिलन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन रहेको कम्पनीले जनाएको छ ।
२५० सीसीले प्mयूलइन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल(सिलिन्डर, ४–स्ट्रोक डीओएचसीइन्जिन सुविधा छ, जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्चस्तरमा पन्ची टर्क उत्पादन गर्दछ ।
स्वार्टपिलेन २५० र भिटपिलेन २५० को हालको मूल्य नेपाली बजारमा ५ लाख ६९ हजार ९ सय रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्