शुरु भयो नेपाल स्टार



नेपाल टेलिभिजनले नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो भनिएको नेपाल स्टारको तेस्रो राउण्ड प्रसारण सुरु भएको छ। तेस्रो राउण्डमा दोस्रो राउण्डबाट छानिएका ४८ प्रतिस्पर्धीले प्रवेश पाएका छन्।
तेस्रो राउण्डबाट यसका प्रतिस्पर्धीले लाइभ म्युजिकमा गाउँदै आप्mनो गायन क्षमता प्रदर्शन प्रदर्शन गरे। यो राउण्डमा पनि निर्णायकको मूल्यांकनले प्रतिस्र्धीले अगाडि बढ्ने मौका पाउँछन्। प्रतिस्पर्धाका आधारमा कम अंक प्राप्त गर्ने प्रतिस्पर्धी स्पर्धाबाट बाहिरिन्छन्। यसअघि डिजिटल राउण्डका रुपमा प्रसारित राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १ सय २० प्रतिस्पर्धीमध्ये १ सय १७ प्रतिस्पर्धी सहभागी थिए।
वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै कोभिड१९ को विषम परिस्थितिमा कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीलाई एकजुट गराएर कार्यक्रम छायांकन गर्न सम्भव नभएपछि पटक पटक लामो समयसम्म छायांकन रोक्दै कार्यक्रमलाई अगाडि बढाउनुपरेको नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले जनकारी गराए। अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यकोसमेत ख्याल गरी सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाएर हरेक साता नयाँ एपिसोड प्रस्तुत गरिने रविले बताए।
कार्यक्रममा उत्कृष्ट छानिंदै अन्तिम ४ प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेमा पुरस्कृत गरिने तथा यसमा प्रथम हुनेले पैंतीस लाख तथा दोस्रो, तेस्रो र चौथोले ५÷५ लाख लाख रुपिया नगद पुरस्कार प्राप्त गर्ने पनि उनले जानकारी गराए। नेपाल स्टारमा लोकप्रिय गायक गायिका रामकृष्ण ढकाल र अञ्जु पन्तका साथमा संगीतमा आलोकश्री निर्णायक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्