बिकास आयोजनामा मजदुरका लागि क्वारेन्टाइन र आइसोलेसन अनिवार्य



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वत जिल्लामा सञ्चालन हुने बिकास आयोजनामा मजदुर ल्याउँदा अनिवार्य रुपमा क्वारेन्टाईन र आइसोलेसनको ब्यबस्था गर्ने सहमति भएको छ । मनसुन सकिएका कारण बिकास आयोजनामा काम गर्न ल्याउने मजदुरका कारण समुदायमा कोरोना संक्रमण नफैलियोस भनेर सबै बिकास आयोजनामा मजदुर ल्याउँदा क्वारेन्टाईनमा राख्ने र अत्यावश्यक अबस्थाका लागि आइसोलेसनको समेत ब्यबस्थापन गर्ने सहमति भएको हो ।

बिकास आयोजनाको ब्यबस्थाप पर्ने निकाय र निर्माण ब्यबसायीका बिचमा सोमबार भएको छलपलमा मजदुर ल्याउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘बिकास आयोजनाहरु सुचारु नगर्दा पनि नहुने र मजदुरलाई ब्यबस्थापन गर्न नसक्ने हो भने समुदायमा संक्रमण फैलन सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्ने निर्णय भएको हो’ प्रजिअ रेग्मीले भन्नुभयो ‘बिकास आयोजनाहरु समयमा सक्ने नाममा लापाबार्ही पनि नगर्न सबै सचेत हुनुपर्छ।’

पर्वत जिल्लमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर(लोकमार्ग), मध्य मोदी जलबिद्युत आयोजना, तल्लो मोदी जलबिद्युत आयोजना, कालीगण्डकी प्रसारण करिडोर, नयाँ मोदी –लेखनाथ प्रसारण आयोजना जस्ता राष्ट्रिय गौरबका आयोजना र दर्जनौ सडक, खानेपानी, सिंचाईका आयोजनाहरु सञ्चालनमा छन । गएको चैत्र अघि पर्वतमा सञ्चालित बिकास योजनाहरुमा मात्रै ६ हजार मज्दुर कार्यरत रहेको अनुमान गरिएको थियो ।

लक डाउन शुरु भएपछि जिल्ला प्रशासन कार्यालय पर्वत र इलाका प्रशासन कार्यालय हुवासबाट गरि ३ हजार बढी मजदुर पास दिएर बाहिर पठाइएको थियो । त्यस बखत रहेका एक हजार जति मजदुर बिभिन्न योजनामा कार्यरत छन भने धेरै हिडेरै पनि घर पुगेका थिए ।
पछिल्लो समय सडक कालोपत्रे गर्ने मजदुर, प्राबिधीक जनशक्ति भारतबाट समेत ल्याउन थालिएको छ ।

भारतबाट मजदुर ल्याउँदा अनिवार्य रुपमा पिसिआर गर्न र ७२ घण्टा भित्रै जिल्लामा ल्याएर क्वारेन्टाईनमा राख्न पनि निर्देशन दिएको छ। संभब भए सम्म पर्वतमा नै बिदेशबाट फर्केका र गाउँमा काम गरिरहेका जनशक्तिलाई प्रयोग गर्न पनि स्थानिय प्रशासनले आग्रह गरेको छ।

पर्वत जिल्लामा यस अघि भारत सहित तेस्रो मृुलुक तथा र जोखिमयुक्त ठाउँबाट आउनेहरुलाई क्वारेन्टाईनमा राखेर पिसिआर नेगेटिभ आएपछि गाउँस्तरका क्वारेन्टाईनमा पठाइएको थियो । त्यसले गर्दा पर्वतमा समुदायमा संक्रमण एक दुई ठाउँमा पुगे पनि समुदायमा गरिएको नमुना परिक्षणमा जिल्ला सुरक्षित देखिएको थियो ।

सरकारले सार्वजनिक यातयात खोलेपछि बिकास योजनामा मजदुर आउने क्रम शुरु भएको छ । मजदुर ल्याउँदा स्थानिय प्रशासन, सम्बन्धित पालिकाका जनप्रतिनिधीलाई र स्थानिय समुदायलाई जिम्बेवार बनाइएको छ । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बिकास आयोजनाहरुको काम अघि बढाउन सबै सहयोग गर्न तयार रहेको तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिदिन निर्माण ब्यबसायी र त्यसको ब्यबस्थापनको अनुगमन गर्न जनप्रतिनिधी तथा बिकास आयोजनाका सञ्चालक निकायलाई आग्रह गर्नुभयो ।

‘सबै सुरक्षित भएर बिकास आयोजनाहरु अघि बढाउन जरुरी छ।’ उहाँले भन्नुभयो ‘हाम्रो समुदाय सुरक्षित भएन भने काम पनि अघि नबढ्ने वातावरण बन्न नदिन समयमा नै सचेत हुनुपर्छ।’ अन्तकृयामा पर्वतमा सञ्चालित सबैजसो आयोजनाका प्रमृुख र निर्माण ब्यबसायी, सुरक्षा निकायका प्रमुख र उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा पनि सहभागी हुनुभएको थियो । निर्माण ब्यबसायीहरुले मजदुरलाई राख्नका लागि क्वारेन्टाईन बनाइएको र स्वास्थ्यका सबै मापदण्डलाई कडाई पुर्वक लागु गरिएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्