बोलेरो दुर्घटनामा तीनको मृत्यु



न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३ स्थित सरिखेतनजिक झिल्किनीमा सोमबार दिउँसो करिब ३ बजे भएको बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बोलेरो सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप वाइबा, १३ वर्षीय रिजन तितुङको घटनास्थलमा मृत्यु भएको राक्सिराङ पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

दुर्घटनामा घाइते सोही ठाउँका २७ वर्षीय सुरज शाहीको चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा सा“झ करिब ६ बजे मुत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । बोलेरोमा चालकसहित ७ जना रहेको बताइएको छ ।

अन्यको अबस्था सामान्य छ । प्रहरीले बोलेरोचालक राक्सिराङ–५ बस्ने भीषण प्रजालाई नियन्त्रणमा लिएको जनाइएको छ । मनहरी बजारबाट पसलका सामानका साथै यात्रु बोकेर सरिखेत जा“दै गरेको ग. १ ज ७१७५ नम्बर बोलेरो दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्