नेप्सेमा सामान्य वृद्धि



काठमाडौं, (नेस)

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर १५७५ दशमलव १८ बिन्दुमा पुगेको छ । कुल १८८ कम्पनीको ९२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ७४ करोड २७ लाख रुपियाँमा कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ, विकास बैंक र वित्त समूहबाहेक बाँकी समूहको परिसूचक घटेको छ । यस दिन ११ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ जसमध्ये १८८ कम्पनीमध्ये ५ कम्पनीको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो भने ६ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्ने कम्पनीमा खानीखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोको शेयरमूल्यमा लागेको हो भने हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमालय ऊर्जा, पाँचथर पावर कम्पनी, जोशी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आइतबार रिलायन्स लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ४७ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्