बलिउड अभिनेत्रीद्वारा यौन शोषणमा परेको खुलासा



बलिउड अभिनेत्री पायल घोषले यौन शोषणमा परेको खुलासा गरेकी छिन्। उनले बलिउडका चर्चित निर्माता निर्देशक अनुराग काश्यपले आफूमाथि सन् २०१५ मा यौन शोषण गरेको आरोप लगाएकी छिन्।

नवभारत टाइम्सको अनलाइन संस्करणका जनाइएअनुसार पायलले मिडियाको सामु पायलले अनुरागको घरमा भएको एक घटना खुलाउँदै यो आरोप लगाएकी हुन्। उनले भनेकी छिन्– ‘अनुरागले मलाई लगातार दुई दिन आफ्नो घरमा बोलाए।

पहिलो दिन म आफ्नो म्यानेजरका साथ गएको थिएँ। पहिलो दिन सब ठीक थियो। मलाई उनको व्यवहार राम्रो लाग्यो। तर, दोस्रो दिन जब म उनको घरमा गएँ उनको हरकत सामान्य थिएन।

उनले जुन व्यवहार गरे, त्यो व्यवहारले मलाई असहज महसुस गरायो। उनले मलाई जुन व्यवहार गरे, त्यस्तो व्यवहार गर्नु उचित थिएन। किनभने हामी राम्रोसँग घुलमिल भएका थिएनांै। न त सँगै काम गरेका थियौं। केवल भेटेका मात्र थियौं।

कोही मानिस कसैको अगाडि कामका लागि जानु भनेको सब कुरा मान्न तयार हुनु होइन।’ पायलले केही अभिनेत्रीको नाम लिँदै भनेकी छिन्– ‘उनले ऋचा चड्ढा, हुमा कुरौसी, माही गिल आफूसँग सहज महसुस गर्ने बताएका थिए।’ उनको यो अभिव्यक्तिप्रति अभिनेत्री माही गिलले भने तीखो प्रतिक्रिया दिएकी छिन्।

उनले भनेकी छिन्– ‘म वास्तवमा यो विषयमा कुरा गर्न चाहन्नथे। किनभने फिल्म इडिस्ट्रीमा अहिले नेगेटिभ कुरा मात्र आइरहेको छ। तर, म यति मात्र भन्न चाहन्छु कि अनुरागलाई म लामो समयदेखि चिन्छु। उनी कुनै पनि अभिनेत्रीमाथि त्यस्तो व्यवहार गर्न सक्दैनन्।’ त्यस्तै अर्की अभिनेत्री तापसी पन्नुले अनुराग काश्यपको समर्थनमा बोलेकी छिन्।

उनले अनुराग सबैभन्दा ठूलो महिलावादी फिल्मकर्मी भएको बताएकी छिन्। अनुरागले भने आफूमाथि लगाएको आरोप गलत भएको भन्दै ट्विट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्