आमाको सम्झनामा गीत



गायक सलिलसुन्दर तुलाधरको यः माँ बोलको नेपाल भाषाको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

उनले आमा रूपशोमा तुलाधरको वार्षिक तिथि पारेर सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रणबहादुर ताम्राकारले गीत रचना गरेका छन्।

मतिना प्रोडक्सनद्वारा तयार पारिएको गीतको भिडियोमा मञ्जु श्रेष्ठ, दीपक मगर र संर्निका राजोपाध्यायले अभिनय गरेका छन्। बिजु कर्माचार्यद्वारा निर्देशित म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन्।

संसारमा जो–कोहीलाई सबैभन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुःखदायी हुन्छ भन्ने भावना गीतमा पोखिएको छ।

प्रतिक्रिया दिनुहोस्