अमेरिकाको भावी राष्ट्रपति जो बाइडेन ?



ह्यारी इन्टेल, सिएनएन
एबीसीन्युज।

वासिंगटन पोस्टले मिनिसोटामा गरेको पछिल्लो साप्ताहिक सर्वेक्षणमा डिमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १६ प्रतिशत मतले जित्नेछन् । बाइडेनले ५७ प्रतिशत र ट्रम्पले ४१ प्रतिशत मत पाउनेछन् ।

न्युयोकै टाइम्स लगायतका अखबारले गरेको अर्को सर्वेक्षणमा पनिजो बाइडेनकै जित हुने देखिएको छ । यस सर्वेक्षणले बाइडेनलाई नौ प्रतिशतले विजयी गराएको छ ।

निर्वाचन प्रचारको दौडमा राष्ट्रपति ट्रम्प जोडतोडले लागे पनि चार वर्षअघि भएको निर्वाचनमा होल हेर्दा उनी यस पटक कमजोर देखिन्छन् ।

विभिन्न राज्यमा भएका अन्य सर्वेक्षणले पनि राष्ट्रपति ट्रम्पले चार वर्षअघि जितेका राज्यहरुमध्ये पाँचदेखि आठ राज्यमा यस पटक हार बेहोर्नुपर्ने देखाएको छ । यी राज्यहरुमा एरिजोना, चिचिगन, पेन्सिलभानिया, विस्कोन्सिन छन् । यस अतिरिक्त हिलारी क्लिन्टनले जितेका २९० इलेक्टोरल भोट पनि बाइडेनलाई प्राप्तहुनेछ ।

फ्लोरिडा र नर्थ क्यारोलिना जहाँ विगतको निर्वाचनमा झिनो मतदानले मात्र ट्रम्पले जितेका थिए त्यसमा यस पटक जो बाइडेनले जित्ने पर्याप्त आधार देखिन्छ । यसरी हेर्दा थप ३३० इलेक्टोरल भोट पनि बाइडेनलाई नै प्राप्त हुनेछ ।

जर्जिया, लोवा, ओहिआ र टेक्ससजस्ता राज्यमा भएका निर्वाचन पूर्वका सर्वेक्षणले बाइडेनलाई नै अगाडि देखाएको छ । अन्य राज्यहरुमा भएका सर्वेक्षणमा पनि एक वादुई राज्यमा मात्र राष्ट्रपति ट्रम्पको पक्षमा मतदान भएको देखिन्छ ।

यी राज्यहरुमा विजयी हुनासाथ बाइडेनले कम्तीमा ३४० इलेक्टोरल भोट पाउनेछन् । यो परिमाण ४०० सम्मपुग्ने प्रष्ट सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्