खोलाले बगाएर महिलाको ज्यान गयो



सीताराम अधिकारी,धादिङ ।

नीलकण्ठ नगरपालिका वडा न्मबर ७ निवासी एक महिला थोप्पल खोलाले बगाएर मृत्यु भएको छ । थोपल खोलामा डुबेको अवस्थामा ४५ वर्षीया अप्सरा पोखरेलको शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जयन्ती थापाले जानकारी दिनुभयो ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालयमा हराएको निवेदन परेपछि खोजी गर्दा नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै थोपल खोला पानीमा डुबेको अवस्थामा फेला परेको हो । घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्