काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १६ हजार ६१६ पुग्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं जिल्लामा ६०२ जना ,ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।

यससँगै, उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्