थाइल्यान्डमा पहिलो पटक राजतन्त्रविरुद्ध कडा प्रदर्शन



बैंकक,(एजेन्सी)

थाइल्यान्डमा राजतन्त्रको कडा विरोध गर्ने क्रममा सरकार विरोधि प्रदर्शनकारीहरुले आइतवार ‘ थाइल्यान्ड जनताको हो ’ भन्ने वाक्यांश लेखिएको प्लेट जडान गरेका छन् । थाइ नरेश महा भाजिरालोन्गकोर्नलाई पछिल्लो चुनौति दिने क्रममा सो प्लेट राजधानी बैंकक नजिकको ग्रायण्ड प्यालेस नजिक राखिएको छ । गत जुलाई देखि बिद्यार्थीहरुको नेतृत्वमा मुलुकका राजतन्त्र र राजनीतिक प्रणालीको सुधारको आब्हान गर्दै सडक प्रदर्शन भइरहेको छ ।

शनिवार वर्षौं पछि थाइल्यान्डकै सबैभन्दा ठूलो विरोध प्रदर्शनको आयोजना भएको छ । यस क्रममा हजारौं प्रदर्शनकारीले स्थानिय निकायका प्रचलित नियम कानुनहरुको अवज्ञा गरेका छन् । थाइल्यान्डमा लेस म्याजेस्टे नामक कानुन अनुसार राजतन्त्रको विरोध गर्नेहरुलाई लामो कारावास संजायको व्यवस्था भएपनि यसरी प्रर्दशन हुनुलाई राजनीतिक विश्लेषकहरुले निकै संवेदनशिल तरिकाले हेर्ने गरेका छन् ।

यसेगरी प्रदर्शनकारीहरुले प्रधानमन्त्री प्रायुथ चान – ओचाको रजिनामाको पनि मागर अघि सारेका छन् । सन् २०१४ मा सैनिक विद्रोह गर्दै सत्तामा पुगेका उनले गत वर्ष मात्र विवादास्पद चुनाव जितेका थिए । आइतवार बिहान प्रदर्शनकारी बिद्यार्थीहरुले सानाम लुआँग अर्थात रोयल फिल्ड नजक उक्त ऐतिहासिक ‘ पिपुल्स प्लेक ’ जडान गरेका हुन् । सो प्लेकमा थाइ भाषामा उल्लेख गरिएको छ , ‘ २० सेप्टेमवर , २०२० : जनताले यो देश राजाको नभई जनताको हो भन्ने मनशाय अभिव्यक्त गरेका छन् । ’

यस कार्यक्रमका आयोजकहरुले यो प्लेक तीस दशकमा पूर्ण राजतन्त्रको अन्त्य भएको घोषणामा राखिएको प्लेकको अर्को प्रतिकको रुपमा लिएका छन् । सो प्रतिक सन् २०१७ देखि हराइ रहेको छ । प्लेक राखने क्रममा प्रदर्शनकारीहरुले ‘ सामन्तवाद मुर्दावाद , जनता अमर रहुन् ’ भन्ने चर्को नारा लगाएका थिए । यस प्रदर्शनमा प्हरीले हस्तक्षेप नगरेको तथा कुनै हिंसात्मक घटना नघटेको सथानिय संचार माध्यमले जनाएका छन् ।

थाइ सरकारले पनि प्रदर्शनकारी विरुद्ध प्रहरीले कुनै बल प्रयोग नगर्ने कुरा अन्तर्राष्ट्रिय संचार निकाय रोयटर्सलाई जानकारी दिएको छ । तर पछि गवर्मेन्ट हाउस तर्फ बढ्न लागेका प्रदर्शनकारीहरुले सयौं प्रहरीले शान्तिपुर्वक रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्