सल्यानका विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन व्यवस्थापनमा सकस



सरिता चलाउने, सल्यान ।

नेपाल सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन कहाँ व्यवस्थापन गर्ने भन्नेमा सल्यानमा स्थानीय पालिकाहरु अन्यौलमा परेका छन् । सल्यानका अधिकांश आइसोलेसन र क्वारेनटाइन विद्यालयमा निमार्ण गरिएका छन् ।

सरकारले विद्यालय असोजमा सञ्चालन गर्ने निर्णयसँगै हिजो निमार्ण गरिएका क्वारेनटाइन कहाँ निमार्ण गर्ने समस्या उत्पन्न भएको शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘एकतिर चाडपर्व नजिकिएसँगै तेस्रो मुलुक र भारतबाट आउने नागरिक बढ्न थालेका छन् अर्को तिर सरकारले विद्यालय सञ्चालन गर्ने भन्दै छ । यसलाई कसरी व्यवस्थापन गर्ने समस्या उत्पन्न भएको छ ।’ अब बाहिर बाट आएका मान्छे कहाँ राख्ने भन्ने समस्या भयो ।

अहिले पनि विद्यालयको क्वारेनटाइनमा मान्छे बसिरहेकाले एकै पटक ठुलो ग्रुपमा आएमा व्यवस्थापन गर्न समस्या हुने उहाँको भनाई छ । भएका सार्वजनिक भवनमा बढीमा १५ जनासम्मलाई मात्र व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्न्ु भयो ‘चाडपर्वलाई लक्षित गरी खुल्ला चौरमा पाल राख्ने की भन्ने सोच भएपनि चिसोको सिजन पनि आएकाले जोखिम झनै बढ्की भन्ने पनि छ ।’

पालिकाहरुमा क्वारेनटाइन निमार्ण गर्न सार्वजनिक भवनहरुको अभाव भएकाले कित त बाहिरबाट आएका नागरिकलाई सिधै घर पठाउने या त विद्यालयमा नै राख्नुको विकल्प नरहेको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउन भयो । उहाँले भन्नुभयो आउँदै गरेको दशैं तिहारमा कम्तिमा पनि ५ सय देखि ७ सय बाहिरबाट आउने अनुमान गरिएको बताउँदै खड्काले यतिधेरै नागरिकलाई सामुदायिक भवनहरुमा व्यवस्थापन गर्न सकिदैन् । विद्यालयमा व्यवस्थापन गर्नुको विकल्प छैन । आउँदै गरेको चाडपर्वमा जिल्लामा भित्रिन सक्ने संभावित जनसंख्याका आकलन गरी सबै स्थानीय तहलाई प्रयाप्त मात्रामा क्वारेनटाइन निमार्णको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनु भयो ।

मन्त्रालयले यस बारे कुनै परिपत्र नगरे पनि शिक्षण संस्थामा रहेका आइसोलेसन र क्वारेनटाइन शिक्षण संस्थाबाट हटाई खुल्ला स्थान, रंगशालामा निमार्ण गर्ने तयारी भएको उहाँको भनाई छ ।

सल्यानमा ४८ क्वारेनटाइनमा २८ महिलना र १ सय ४१ पुरुष गरी १ सय ६८ जना क्वारेनटाइनमा बसी रहेका छन् । ती सबै क्वारेनटाइनमा विद्यालयमा रहेका छन् । यस्तै चार स्थानमा आइसोलेसन रहेका छन् ।

जिल्लाका ३ सय ४० कोरोना संक्रमित मध्ये ३ सय निको भएर घर फर्कि सकेका छन् भने जम्मा ४० जना मात्र आइसोलेसनमा बसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्