कृषकहरुलाई जस्तापाता प्रदान



रामधन राई,खोटाङ ।

असोज–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकहरुलाई जस्तापाता प्रदान गरिएको छ । क्रिस्चियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पाले सञ्चालन गरिरहेको एक कार्यक्रमअन्र्तगत सुधारिएको गोठ निर्माण गर्न जस्तापाता प्रदान गरिएको हो ।

शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना अन्तरगत अजम्बरी कृषक समूहमा आवद्ध १९ किसानलाई सुधारिएको गोठ निर्माणका लागि जस्ता प्रदान गरिएको जनाईएको छ । दिगो भू–व्यवस्थापनमार्फत कृषि उत्पादकत्व बृद्धि गर्दै कृषकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ कृषकलाई जस्तापाता प्रदान गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले जनाउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र परियोजनाकै सहकार्यमा सुधारिएको गोठ निर्माण गरिरहेका कृषकलाई छाना हाल्नेबेला आवश्यक जस्ता प्रदान गरिएको रिजालको भनाई छ । प्रतिघर २० पातका दरले ६ फुटे जस्ता प्राप्त गरिएको किसनाहरुले जनाएका छन् ।

गोठ सुधार कार्यक्रम अन्तरगत सोल्मामा ढलानमाथि फलामे ट्रस ठड्याएर मुत्र संकलन ट्यांकी सहितको दिगो गोठ निर्माण भइरहेको छ । एउटा गोठ निर्माण गर्दा नगरपालिका, परियोजना र किसानको ६५ हजार ५ सय खर्च भएको छ ।

नगरपालिकाले सिमेन्ट तथा परियोजनाले ट्रस र जस्ता उपलव्ध गराएपछि १९ किसानले सुधारिएको गोठ बनाउन सुरु गरेका हुन् । एउटा गोठ निर्माण गर्दा नगरपालिका, परियोजना र किसानको ६ हजार ५ सय खर्च भएको छ । गोठ निर्माणका लागि किसानलाई प्रतिव्यक्ती २९ हजार बराबरको ट्रस प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्