एक सय घर परिवारलाई सिबिआरएसको खाद्यान्न सहयोग



भूपराज बस्याल,स्याङ्जा ।

समुदायमा आधारित पुनस्र्थापना सेवा (सिबिआरएस) नेपालले गल्याङ नगरपालिका भित्रका एक सय घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।देशका विभिन्न भागमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सस्थाले यस नगरपालिका भित्रका चार सय उनान्नब्बे अपाङ्गता भएका हरुलाई सेवा दिदै आएको छ ।

यसको अलावा यस क्षेत्रका कोरोनामाहामारीको चपेटामा परेका अति बिपन्न, अपाङगता, दलित,एकलमहिला, जनजाति, श्रमिकमजदुर र वेसाहारा ब्यक्ति तथा परिवारहरुलाई केन्द्रित गरेर पालिकाको वडा नं ४ मा बसोेबास गर्ने ५० जना र ७ मा बसोबास गर्ने ५० लाई घर घरमा पुगेर राहत वितरण गरिएको सस्थाका कार्यलय प्रमुख कृष्णकुमार लामिछानेले जानकारी दिनुभयो ।

कोरोना कहरको परिस्थितिमा सबैलाई एकै ठाउँमा जम्मा गर्न नहुने भएपछि दुई वडाको विभिन्न स्थानमा पुगेर राहत वितरण गरिएको थियो । उक्त राहत प्याकेज भित्र प्रति घर अर्थात प्रतिब्यक्ति २५ केजि चामल,२ केजि नून,२ केजि दाल,२ वटा नुहाउने साबुन र २ वटा लुगाधुने साबुन गरी खाद्यान्न राहत बितरण गरिएकोे थियो।

राहत वितरण गर्ने क्रममा वडाका पुलचोक, श्यामथुम्का, चोक, अल्केढुङगा, मनहरीखर्क, स्वरभञ्ज्याङ, तोलातुङ, कल्लेरी, ज्यामिरे, पड्काङ, कुरुञ्चे, दुधेचौर,ग्वादी र अधिकारी गाउ“ गरी बिभिन्न १५ वटा टोल टोलमा गएर राहत बितरण कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम ब्यबस्थापक रुद्र थापाले जानकारी दिनुभयो ।

यसरी राहत कार्यक्रम गरि रहदा त्यहका बासिन्दा अत्यन्त खुसीहुदै कोरोना महामारीको यस बिपत घडिमा दैनिक छाक टार्न आपत परिरहको बेलामा आएर खाद्यान्न बितरण गरिदिदा खुसी ब्यक्त गर्दै आफनो दैनिकी चलाउन, केटाकेटी र बुढाबुढीलाई केहि समय भए पनि मीठो र मसिनो खाना खुवाउन पाउने, यस बेलामा गरिएको ज्याला र मज्दूरी गरेको पैसा बचत गरी आगामी दिनहरुमा थप बचत गर्ने कुरा ब्यक्त गरेको थापाले बताउनुभयो ।

गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाको प्रमुख आतिथ्यमा दुई दिनसम्म चलेको उक्त कार्यक्रम नगरपलिकाको समन्वय र सिबिआरएस नेपालको आयोजनामा सम्पन्न भएको थियो । नगरपालिका अन्तरगत वडा नं ४ र ७ मा बसोबास गर्ने अपाङगता भएका तथा बिपन्न परिवारहरुको लागि बितरण गरिएको खाद्यान्न राहतले निभ्न लागेको चुल्होवाल्नमा सहयोग पुगेको प्रमुख अतिथि थापाको भनाइ थियो ।

नगरपालिकाले गर्नु पर्ने जिम्मेवारी काममा सिबिआरयसले हातेमालो गरेको भन्दै वास्तबिक पिडित ब्यक्ति छनोट गरि सहयोग पुर्याउनु भएकोमा उहाँले धन्यवाद दिनुभयो ।दुई दिन चलेको उक्त कार्यक्रम वडा नं ७ का वडा अध्यक्ष रामबिर गुरुङ र वडा नं ४ का अध्यक्ष वडा अध्यक्ष नेत्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङजाका सदस्य धनमाया बिक, गल्याङ नगरपालिका कार्यपालिका सदस्य हेम कुमारी सिञ्जाली, वडा नं ७ का वडा सदस्य तोलाकान्त अधिकारी, वडा सदस्य चोलाकान्त भण्डारी, राष्ट्रिय मा बि का प्रअ झबिलाल पाण्डे, सरस्वति आधारभूत बिद्यालयका प्रअ दलबहादुर राना, कालिका आधारभूत बिद्यालयका प्रअ ज्ञनप्रसाद अधिकारी, टोल बिकास संस्थाका अध्यक्ष टीकाराम भण्डारी, अर्को टोल बिकास संस्थाका अध्यक्ष प्रेमप्रसाद श्रेष्ठ, तथा वडा नम्बर ४ का वडा सदस्य जगुलाल पाण्डे,वडा सदस्य चनिसरा थापा, वडा सदस्य कृष्णकुमार राना, वडा सदस्य कुमारी सुनार,समाज सेवी केशवराज न्यौपाने, समाजसेवि भोजराज पाण्डे, समाजसेवि दिलमाया राना, समाजसेवि गंगा बहादुर थापा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्