प्रदेश ५ को सरकारले शव बाहन खरिदका लागि ६ वटा स्थानिय तहलाई ९० लाख रुपैंया दिने



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले प्रदेशका प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिकार रामग्राम नगरपालिकालाई शब बाहनखरिद गर्न उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारले रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने ,त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने रपदकप्राप्त गर्नेहरुको नाम असोज ३ गते नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने रप्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

जिल्ला स्तरीय ६ वटा अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैयामा स्तरोन्नती गर्ने गरि सरकारले निर्णय गरेको छ । तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पाजिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारौँ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्