अब खाली ग्यास सिलिण्डरको मूल्य २१ सय



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ ।

संघले बागमती प्रदेशमा सिलण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ। बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको ग्यास सहितको सिलिन्डर किन्दा ३४ सय ७५ रुपैयाँ पर्नेछ ।

यसअघि नयाँ सिलिण्डरसहितको ग्यास खरिद गर्दा उपभोक्ताले ४ देखि पाँच हजार रुपैयाँसम्म तिर्ने गरेका थिए । तत्कालका लागि बागमती प्रदेशका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्