आज बढ्याे सुनकाे मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेकाे छ । आज सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ थियो । आज तेजावी सुनकाे मूल्य ९६ हजार ५ सय मा काराेकार भइरहेकाे छ । हिजाे तेजावी सुन प्रति तोला ९६ हजार १ सय रूपियाँमा काराेकार भएको थियाे ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय २० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय ३० रूपियाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्