म्याडोना आफ्नो बायोपिक आफैं निर्देशन गर्दै



हलिउड पपस्टार म्याडोनाको बायोपिक फिल्म बन्ने भएको छ। ६२ वर्षीया म्याडोनाको संघर्षपँर्ण जीवन तथा ५ दशक लामो करिअरमा बन्ने फिल्मको निर्देशन म्याडोना आफैंले गर्ने भएकी छिन्।
यस फिल्मको प्रमोसन म्याडोनाको सामाजिक सञ्जालमा गरिएको छ। बायोपिकमा ओस्कार विजेता डियाब्लो कोडीको लेखन रहेको छ। म्याडोनाको लागि निर्देशन नयाँ काम भने होइन। उनले सन् २०११ मा आएको फिल्म डब्ल्यु ई निर्देशन गरेकी थिइन्।
म्याडनेलालाई उनको पिढीको सबैभन्दा प्रभावशाली कलाकारमा लिइन्छ। म्याडोना सोलो टुरमा सबैभन्दा बढी कमाइ गर्ने गायिकामा पर्छिन्। सन् १९८४ मा प्रकाशित म्याडोनाको लाइफ अ भर्जिनले निकै तहल्का मच्चाएको थियो। आफ्नो फेसन र लुक्सका कारण दुनियाँभर चर्चित म्याडोनाकै अनुसार कुनै बेला फेसन ट्रेन्ड चल्ने गथ्र्यो। दुईपटक विवाह गरेर सम्बन्ध विच्छेद गरेकी म्याडोनाले हाल ब्राजिलयिन मोडल केविन स्याम्पिर्याका साथ डेट गरिररहेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्