सिन्धुलीमा कोरोना संक्रमित घट्दै, आईसोलेसनमा दुई जना मात्रै



बुद्ध नेपाली, सिन्धुली ।

पछिल्लो समय अन्य जिल्लामा कोरोना संक्रमण बढ्दै गएका बेला सिन्धुलीमा भने कोरोना संक्रमण घट्दै गएको छ ।

संक्रमण पुष्टी भएपछि आईसोलेसनमा बसेका संक्रमितहरु उपचार पछि धमाधम संक्रमण निको हुदै डिस्चार्ज भएर घर फर्कनेक्रम बढेको छ भने करिब एक साता यता नयाँ कोरोना संक्रमित पनि थपिएका छैनन् । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार अहिले सिन्धुलीमा दुई जना मात्रै कोरोना संक्रमित आईलोलेसनमा उपचाररत छन् ।

सिन्धुली अस्पतालको आईसोलेसनमा एक जना र होम आईसोलेसनमा एक जना गरी दुई जना मात्रै कोरोना संक्रमित उपचाररत रहेका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । ‘सन्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । परिक्षणको दर घटेको छैन् । केही दिन देखि नयाँ संक्रमण पनि पुष्टी भएको छैन ।’ प्रमुख शाहले भन्नुभयो ।

पिसिआर परिक्षणका लागी सिन्धुलीबाट प्रयोगशाला पठाईएको २६ सय ८४ स्वाब नमुना मध्ये ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रमुख शाहले बताउनुभयो ।

पिसिआर परिक्षणका लागि पठाईएको स्वाब मध्ये ६९ जनाको नतिजा आउन बाकी रहेको उहाँले सुनाउनुभयो । अहिले संस्थागत क्वारेन्टाईनमा २८ जना रहेका छन् भने होम क्वारेन्टाईनमा १७ जना रहेका छन् ।

कोरोना संक्रमण घट्दै गएपछि सिन्धुलीमा जनजिवन सहज हुदै जान थालेका छन् । बजारहरु दैनिक रुपमा खुल्न थालेका छन् । जिल्लाका स्थानिय तहहरुले लगाएतका सटडाउन हटाईएको छ । स्थानिय प्रशासनले भिडभाडमा हिड्दा मास्क लगाउन भने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्