दुई महिनाको तथ्यांकले सिरहामा १२ बलात्कारको घटना सार्वजनिक



सुभेन्द्र दास लहान, १ असोज ।

प्रदेश २ मा आर्थिक वर्ष २०७७।०७८ को पहिलो दुई महिनाको तथ्यांकले सिरहामा १२ जना महिलामाथी बलात्कारको घटना भएको छ । योसँगै प्रदेश २ मा ६५ जना महिला तथा बालिका बलात्कृत भएको पाइएको हो । भदौ २७ गतेसम्म सिरहामा १२, धनुषा र महोत्तरीमा १०–१०, सप्तरीमा ९, सर्लाहीमा ८, रौतहटमा ७, पर्सामा ६ र बारामा ३ वटा बलात्कारको घटना भएका छन् । प्रदेश २ मा पछिल्लो २६ महिनामा ६५३ वटा बलात्कारको घटना भएका छन् । तीमध्ये ६५ वटा बलात्कार चालू आवको दुई महिनाको हो । त्यस्तै, ०७६।७७ मा २९२ र ०७५।७६ मा २९६ वटा बलात्कार अपराध भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । आव ०७६।७७ मा सबभन्दा बढी ५३ वटा बलात्कार धनुषामा भएको थियो ।

त्यस्तै, सिरहामा ४८, बारामा ४५, पर्सामा ३९, सप्तरी र सर्लाहीमा ३१–३१, रौतहटमा २९ र महोत्तरीमा १६ जना महिला तथा बालिका बलात्कारको शिकार भए । आव ०७५।७६ मा पनि सबभन्दा बढी ५० वटा बलात्कारका घट्ना धनुषामै भएका थिए । पछिल्लो ६ महिनामा बन्दाबन्दीको अवधीमा बलात्कारको घट्ना झनै वृद्वि भएको छ । यो अवधीमा १५२ वटा बलात्कारको घटना प्रदेश दुई मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्