पिएसजीको पहिलो जित



एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले लिग वानको नयाँ सिजन २०२१/२१ मा पहिलो जित दर्ता गरेको छ ।

फ्रेन्च लिग वान अन्तर्गत बुधवार राति भएको लिगको तेस्रो खेलमा पिएसजीले आफ्नै घरेलु मैदानमा पाहुना टोली मेट्जमाथि १–० गोलको कठिन जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

नेयेमार, क्लियन एमबाप्पे, माउरो इकार्डी जस्ता स्टार खेलाडीबिनाको पिएसजीलाई जितका लागि निर्णायक गोल गर्न इन्जुरी समयसम्म कुर्नुपरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पिएसजीलाई सिजनको पहिलो जित दिलाउन इन्जुरी समयमा जुलियन ड्रेक्सलरले गोल गरे ।

त्यसअघि खेलको ६५औं मिनेटमा पिएसजीका अब्दु डायलो दोहोरो पहेंलो कार्डको सिकार हुँदै मैदान छाडेका थिए । यो जितपछि पहिलो खेल जितेर ३ अंकसहित पिएसजी लिग तालिकाको १५औं स्थानमा रहेको छ । यसअघि पिएसजी सुरुआतका दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्