टेबलटेनिस खेलाडीको कोरोना बीमा



काठमाडौं, (नेस)

अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गरिदिएको छ। पुरुष महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको कोरोना बीमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन्।

वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पँर्ण पदाधिकारीको पनि कोरोना बीमा गरिएको छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीमा सबैको १ लाखका दरले बीमा गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्