गीति कथामा कालो बादल



वियोगान्त कथा बोकेका कालो बादल शीर्षकको गीतिकथा सार्वजनिक भएको छ।

गीति कथामा देवी घर्ती, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दीपक संगम बिसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी र संगीत दीपक संगम बिसीको रहेको छ।

धन कमाउने आसमा बिदेसिएका आफ्ना छोराछोरीले आफ्नो सपना पूरा गर्ने आसमा गाउँमा रहेका बाबुआमा र घर–परिवारमाथि आइपरेको बज्रपातको कथा गीतिकथामा छ।

गीतिकथामा रामप्रसाद अवस्थी, रश्मी भट्ट, दीपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायांकन वासु बराल र निर्देशन रामप्रसाद अवस्थीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्