पेट्रोलियम पदार्थमा मिसावट गर्ने ट्यांकर चालकहरु पक्राउ



रोशन पराजुली,हेटौंडा ।

पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुई ट्यांकरका चालकलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले बाराको जितपुरसिमरा उमनपा–२१ बस्ने वर्ष २६ का राजेश बिश्वकर्मा र हेटांैडा–११ नवलपुर बस्ने ट्यांकर चालक वर्ष २९ का सन्तोष खड्कालाई पक्राउ गरेको हो ।

नेपाल आयल निगमअन्तर्गत् अमलेखगञ्ज डिपोमा निगमको करारनामामा रहेकामध्ये ना.७ ख ३९२३ र ना.७ ख ४०९३ नम्बर ट्यांकरमा इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले मिसावट गरेको प्रहरी दाबी छ ।

पेट्रोलियम पदार्थ (पेट्रोल) मा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा खाली गर्नुपूर्व निगमको गुणस्तर नियमावालीअनुरुप गुणस्तर चेक गर्दा मिसावट रहेको पाइएपछि उनीहरु पक्राउ परेको बारा प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत् जिल्ला प्रशासन कार्यालय, बाराबाट १० दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्