असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्नुपर्ने



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर कायम गर्नुपर्ने भएको छ ।

यस व्यवस्थाले व्यक्तिको नाममा प्रवाह भएको घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्