दक्षिण एसियामा कोरोना महामारीले ६० करोड बालबालिकाको शिक्षा प्रभावित



नयाँदिल्ली (एजेन्सी)

कोरोना भाइरस महामारीबाट सबैभन्दा प्रभावित क्षेत्र शिक्षा पनि एक हो । यस महामारीका कारण विश्वका अर्बौं विद्यार्थी विद्यालय जानबाट बन्चित हुनु परेको छ ।

युरोपका धेरैजसो भागमा बच्चाहरु पुन: विद्यालय जान शुरु गरेका छन् । तर अझैपनि विश्वका कयौं देशमा कोरोना प्रतिबन्दका कारण स्कुलहरुमा पढाइ बन्द नै छ । दक्षिण एसियामा भारत र यसका छिमेकी मुलकहरुमा विद्यालय खोल्ने विषयमा उत्साहजनक वातावरण बन्न सकेको छैन । यस पुरै क्षेत्रमा करिब ६० करोड बच्चा लकडाउनबाट प्रभावित भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

कोरोना भाइरसका कारण पहिलो पटक मार्च र अप्रिलमा प्रतिबन्द लगाइदा दक्षिण एसियाको धेरैजसो देशमा शैक्षिक सत्रको सुरुआत मात्र भएको थियो । त्यही बेला देखि नै बन्द भएका विद्यालय अझै पनि धेरैजसो बन्द नै छ ।

भारतमा प्राय विद्यालय बन्द छन् । अनलाइन वा टेलिभिजन कार्यक्रमका माध्यमबाट पढाई भइरहेको छ । यद्यपी सरकारले कक्षा ९ देखि १२ सम्मका बच्चाहरुलाई आफ्ना मातापिताको स्विकृतिमा सेप्टेम्बर २१ पछि स्वेँिच्छक आधारमा स्कुल जान सक्ने प्रावधान ल्याएको छ ।

बंगलादेश र नेपालमा पनि स्कुल बन्दको अवस्थालाई अगाडी बढाएको छ । यहाँ पनि रिमोट लर्निंगलाई नै जोड दिइएको छ । श्रीलंकामा अगस्टमा स्कुल खुला गरिएको थियो तर संक्रमण मामिलामा बृद्धी भएपनि पुन बन्द गरियो । पाकिस्तानमा चरणबद्ध तरिकाले बच्चाहरु स्कुल फर्काउन थालेको छ । यहाँ कोरोना संक्रमण फैलिने क्रम उल्लेखनिय रुपमा घटेपछि सेप्टेम्बर १५ मंगलबार देखि विद्यालय खोलिएको हो ।

दक्षिण एसियाका कयौं देशमा विश्वसनिय इन्टरनेट संरचनाको अभाव छ । साथै विपन्न समुदायका लागि इन्टरनेटको खर्च उठाउन सम्भव छैन ।

राष्ट्रसंघका अनुसार कम्तिमा १४ करोड ७० लाख बालबालिका अनलाइन वा रिमोट लर्निंगको पहुँचबाट बाहिर छन् । भारतमा २४ प्रतिशत परिवारसँग मात्र इन्टरनेटको सुविधा छ । यो सन् २०१९ को एक सरकारी सर्वेक्षणले देखाएको नतिजा हो ।

नेपालमा हालै गरेको आर्थिक सर्वेक्षणमा करिब ३० हजार सरकारी स्कुल मध्य ३० प्रतिशत भन्दा कममा मात्र कम्प्युटरको सुविधा छ । अहिले करिब १२ प्रतिशत विद्यालयले मात्र अनलाइन कक्षा सन्चालन गर्न पाइरहेको छ ।

बंगलादेशमा भारतको तुलनामा राम्रो कनेक्टिविटी छ । यहाँ ६० प्रतिशत बालबालिका अनलाईन पढाइ गर्न सक्छ । यद्यपी यहाँ ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर अत्यन्तै खराब हुने गरेको छ ।
कयौं स्कुल आधारभुत उपकरणको पनि ब्यवस्था छैन ।

बंगलादेशको सरकारी ब्रोडकास्टर संगसद टेलिभिजनले पनि आफना च्यानलमा रिकर्डिंग शैक्षिक कृयाकलाप तथा तहगत कक्षाका सामाग्री प्रसारण गर्दै आइरहेको छ ।

युनिसेफका साउथ एसिया निर्देशक जिन गोले भने, यो सबैभन्दा सफल तरिका मध्यमा पर्छ । यसको पहुँच बालबालिकाको ठुलो आवादी सम्म छ ।

नेपालमा पनि यसतै तरिका अपनाएको छ तर यहाँ आधा भन्दा पनि कम परिवारसँग मात्र टेलिभिजन छ ।
पाकिस्तानमा स्कुल खोल्न थालेको भएपनि त्यसको ब्यापक विरोध भइरहेको छ ।

अल पाकिस्तान प्राइभेट स्कुल्स फेडरेसनले सेप्टेम्बर १५मा स्कुल खोलिएकोमा विरोध गरेको छ । कोरोना जाँच तथा कोरोना भाइरस सुरक्षा दिशा निर्देशन लागू गर्न सरकारी कोषको आवश्यक भएको फेडरेसनले जनाएको छ ।

यस शैक्षिक सत्रमा ड्रप आउट हुने विद्यार्थीको संख्या अकासिने यूनिसेफले जनाएको छ । अनलाइन लर्निंगको पहुँचमा भएका विद्यार्थीका आधारमा मात्र शैक्षिक सत्र सन्चालन गर्नु अझ घातक हुन सक्ने अनुमान गरिएको छ । यसले एउटा ठूलो तप्काका वालबालिकामा अन्यौलताको स्थिति ल्याउने छ ।

शैक्षिक सत्र सन्चालन गर्ने निर्णयल ती बालबालिका कक्षा चढन पाउने छैन र यो संख्या सानो पनि छैन । केन्या, फिलिपिन्स लगायतका केही देशले यसबर्षको सैक्षिक सत्र नै रोकेको घोषणा गरिसकेको छ । यद्यपी फिलिपिन्स जस्तो मुलुकमा इन्टरनेटको सुविधा तुलनात्मक रुपमा राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्