भूकम्पले पर्वतमा एक घर भत्कियो



न्युज अफ नेपाल पर्वत ।
भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो।
लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए। गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो।
त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले घटनाको जानकारी आएको बताउनुभयो । मानवीय क्षति नभएको र घरमा भएको क्षतिको बिबरण संकलन गर्न प्रहरी घटनास्थल तर्फ गएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्