भारतद्वारा २ हजार भाइल रेमडेसिभिर प्रदान



काठमाडौं, (नेस)

भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २ हजार रेमडेसिभिर औषधी सहयोग गरेको छ । उक्त औषधी भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि १० वैशाखमा प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका अत्यावश्यक औषधी, ४ जेठमा कोभिड–१९ टेस्ट किट (आरटी–पीसीआर) र २५ साउनमा आईसीयू भेन्टिलेटरजस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो ।

दूतावासले निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारीविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्