सरकारको प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री खतिवडा नियुक्त



न्युज अफ नेपाल,काठमाडौं ।

अर्थमन्त्रीबाट राजिनामा दिएका डा युवराज खतिवडा सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले उनलाई मन्त्रिसरहको सेवासुविधा दिने गरी प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले भदौ १९ गते राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्