कक्षा ११ मा नयाँ पाठ्यपुस्तक लागु भैसक्यो : शिक्षा मन्त्री पोखरेल



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कक्षा ११ मा नया पाठ्यपुस्तक लागु हुने स्पष्ट पार्नुभएको छ । हिसानका अध्यक्ष रमेश सिलवाल सहित केही अधिकारीले पुरानै पुस्तक लगाउनपर्ने दबाब दिइसकेको बेला मन्त्री पोखरेलले नया पुस्तक लागु भैसकेको जानकारी दिनुभयो ।

भन्नुभयो–अब ढुक्क हुनुस सरकारले यो वर्षबाट कक्षा ११ मा नया पुस्तक लगाउने निर्णय गरिसकेको छ ।यस्मा कुनै परिवर्तन हुदैन । हिसानले भने कोभिडको कारण नया पुस्तक लगाउन नसक्ने भन्दै आएको छ । अध्यक्ष सिलवालले नया पुस्तक लगाउन चेतावनी समेत दिनुभएको छ । हिसानकै केही पदाधिकारीले नया पुस्तक पढाउने तयारी गरिसकेको अवस्थामा अध्यक्ष सिलवालले भने पुरानै कोर्ष लागु गर्ने रटान दिदै हिडेनुभएको छ ।

स्रोतका अनुसार शक्तिको आडमा मन्त्रालय र विभिन्न निकायमा नया पुस्तक नलगाउन दबाब दिदै हिड्नुभएका अध्यक्ष सिलवालले सार्वजनिक रुपमा नया लागु नहुने बताउदै आउनुभएको छ । मन्त्री पोखरेलले भने गत वर्ष मंसिर १० गतेको पाठ्यक्रम पसिषदको निर्णय
अनुसार शैक्षिकसत्र २०७७ देखि नया पुस्तक लगाउने निर्णय भएको स्मरण गराउदै यो निर्णय कुनैपनि हालतमा फिर्ता नहुने स्पष्ट पार्नुभएको छ ।

प्याब्सन रएन प्याब्सन लगायतका संस्थाले नया पुस्तक लागु गर्नेपर्ने दबाब दिइरहेका छन् ।मन्त्री पोखरेलले आज मन्त्रालयमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा जनक शिक्षा सामाग्री केन्द्रले छापेको दुईवटा पुस्तक देखाउदै भन्नुभयो–हेर्नुस त पुस्तक छपाई गरिसकेका छौ, अब लागु भैसकेको छ । ससाना समास्या भए समाधान गर्ने बाटो भैरहेको अवस्थामा पुस्तक लागु गर्न दिन्न भन्नु
गलत भएको हिसानकै अधिकारीको भनाई छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले केन्द्रले पुस्तक तया गरी छपाई गरिसकेको बताउदै यो शैक्षिक सत्रबाट कक्षा ११ मा नया पाठ्यक्रम अनुसार पठाई हुने स्पष्ट पार्नुभयो । भन्नुभयो–हामीले सरोकारवाला सबै निकायलाई नया कोर्ष अनुसार पढाई गर्न
आग्रह गरिसकेका हौ । राष्ट्रिय परीक्षा बोर्डले पनि नया कोर्ष पढाउन आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्